स्वतंत्र
मनाब
म तिमीलाई धेरै माया गर्छु
मैले तिमीलाई स्वतंत्रता दिएको छू
तिमी पूर्ण रुपमा स्वतंत्र छौ
आफ्नो इच्छा अनुसार
कार्य गर्न
राम्रा वा नाराम्रा कुरा को अनुसरण गर्न
धेरै समय पहिला
तिमीले नाराम्रा कुराहरु बाट
राम्रा कुराहरु छान्न सिकेऊ
अब तिमीलाई
के राम्रो के नराम्रो भन्ने थाहा छ
तेसैले तिमी स्वतंत्र छौ
राम्रो वा नराम्रो कुराको अनुशरण गर्न
तिमी स्वतंत्र छौ
अन्यायपूर्ण र निर्दयी बन्न
तिमी स्वतंत्र छौ
ईर्ष्या गर्न, घृणा गर्न, लालसा गर्न
तिमी सधै स्वतंत्र छौ
तिमीले आफ्नो मन ले चाहेको काम गर्न
मनाब
म तिमीलाई धेरै माया गर्छु
मैले तिमीलाई कहिले पनि
मेरो आज्ञापालन गर्न कर गरीन
मैले तिमीलाई भन्न चाहान्छु
तिमीलाई आफ्नो इच्छा
अनुसार को काम गर्न सधै स्वतंत्रता छौ
र रहिरहने
छौ
मनाब
म तिमीलाई अझै माया गर्छु
तिम्रो मस्तिस्कमा भएका खराबा कुराहरु
र तेसले निम्ताउने ख़राब कार्यहरु
क्षमा गर्न
मैले तिमीलाई अवसर दिएको छू
तिमी स्वतंत्र छौ
आफ्न्ना सबै गल्तिहरुलाई क्षमा गर्न
तिमीले धेरै पहिलानै
जनिसकेका छौ
गलत कुराको अनुसरण गर्दा
छेडिक लाभ मात्र हुन्छ
तर तेसले तिमीलाई
फेरी अर्को समस्यामा पर्ने छ
तिमी समस्याहरु को भुमरिमा अल्झिने छौ
अनि तिमी मकाहा आउन डराउने छौ
तिमीले कहिलेइ नभुल
तिमी सधै स्वतंत्र छौ
जतिसुकै पाप गरेता पनि
म तिमीलाई सधै स्वीकार गर्ने छू
तिमीलाई म कहा आउन
र राम्रो कुरा को अनुसरण गर्न
सधै स्वागत छ
मनाब
जब तिमीले मलाई बिस्वास गर्न थाल्ने छौ
अनि तिमी पूर्ण रूपले मुक्त हुने छौ
तिम्रो पिता
No comments:
Post a Comment