Wednesday, September 12, 2012

अपमान-येशु लाई अस्वीकार गर्ने कारणहरु


अपमान


स्वर्गको नाम लिदै 
हजुरका  अनुयायीहरुले 
बर्सौ देखि गर्दै आएको 
क्रियाकलापले गर्दा 
मैले हजुरको  अपमान गरेको छु 

मलाई  अहिले सम्म थाहा थिएन 
हजुरको  नाम पुकार्ने  सबै मान्छे 
साच्चिकै हजुरको अनुयानी हुदैनन् भन्ने 
हजुर को नाम मात्र पुकारेर हुदैन 
यो त व्यवहार ले देखाउनु पर्छ 

हजुर सधै 
दयावान र क्रिप्पावन हुनुहुन्छ
सर्ब  श्रेष्ठ र सत्य हुनुहुन्छ 
विनम्र र सेवावन हुनुहुन्छ 

हजुरले सबैलाई क्षमा दिनुहुन्छ 
हजुरको सरणमा आउने सबैलाई 
आफ्नो अंगालोमा बाध्नुहुन्छ 

मानब ले जति 
हजुर को आज्ञा पालना गर्छ 
हजुरले उसलाई तेतिनै माया गर्नु हुन्छ 

मैले हजुरको अपमान गरेको छु 
किनभने 
मैले हजुरको सबै अनुयायीहरुले 
हजुरले भने जस्तो  गरुन भन्ने आशा गरेको थिए 

मैले भुले को कुरा 
परिबर्तन हुन समय लाग्दछ 
किनकि यो त बिस्तारै हुने कुरा हो 
जति मानिसले 
आफ्नो गल्तिहरु सच्चाउने प्रयास गर्दछ 
तेती नै हजुरले उसमा राम्रो कुराहरु भर्नु हुने छ 
मैले यो सोचिन कि 
हजुर सबै हरु सग साथ साथै हिड्नु हुने छ 

मैले हजुरको को अपनम गरे 
किनकि मैले  कहिल्यै   हजुरलाई 
व्यक्तिगत रुपमा खोज्ने पर्यास गरिन 
र कहिल्यै हजुरका शब्दहरु पढिन 
मैले  त अरुले भनेका कुराहरु मात्र सुने 

मैले कहिल्यै अनुभव गरिन 
गलत क्रियाकलाप र प्रयास ले 
कति छिटो थप समस्या मा पर्छ भनेर 
हजुरका अनुयाहीहरु
हजुरको कुरा सुन्नु भन्दा पनि 
अरुको कुरा सुन्छन र तेही अनुसार  काम गर्छन 
यदि आफु सफल भएन् भने 
अनि हजुरलाई दोष दिन्छन् 

मैले हजुरको अपमान गरेको छु 
र आफ्नो मार्गमा आफै हिडेको छु 
जसले गर्दा मा अग्लो पहाडमा ठोक्किएको छु 


प्रमेस्वोर, 
कृपा गरेर  मलाई सुधार गर्नुहोस 
मलाई राम्रो कार्य गर्न सहयोग गर्नुहोस् 
र त्यो बन्धन लाई टुक्राउनु होस् जसले 
मलाई बन्दी बनाएको छ 
जसले गर्दा 
मलाई हजुरको अमुर्त मायाले छुन सकोस 


बिषय : येशु लाई अस्वीकार गर्ने कारणहरु 

No comments: