Monday, October 22, 2012

म तिमीलाई माया गर्छु - प्रभुको हामी प्रतिको माया


म तिमीलाई माया गर्छु
(१८०७१२१८२२-१८३८, २२१०१२१८१६-१९१६)

प्रिय मानव 
हो म तिमी संग कुरा गर्दैछु
जब तिमी यी पंक्तिहरु पढ्दै हुनेछौ
यस क्षणमा 

मलाई थाहा छ 
तिमी अनेक दुखहरुमा अल्झियको छौ 
मलाई थाहा छ
 तिमीले त्यही गल्तिहरू दोहोर्याई रहेका छौ 
जून गल्तिहरू तिम्रा बा आमा र हजुरबुवा र हजुरामाले गरेका थीय
मलाई थाहा छ तिमी पीड़ामा बाँचिरहेका छौ 
मलाई थाहा छ तिमी असंतूसट  छौ 
र मलाई थाहा छ की तिमीलाई थाहा छैन 
जीबनमा कसरी अगाड़ी बढ़ने 

मलाई त्यो किन थाहा छ
किनकी मैले तिमीलाई सृजना गरें 
र म तिम्रा हरेक पाइलाहरुमा संगै हुन्छु 

तिमी मेरो इच्छा पूरा गर्ने यथार्थ हौ
र मैले तिमीलाई पुस्तों र बर्षों देखि 
सक्षम प्रतिवाशाली र अदित्तिया 
मान्छे बनाउन पर्खिरहेको छू

मलाई थाहा छ 
कि तिमी आफुलाई बिशेस थान्दैनौ
र दुख तीर जेलिएको हुन्छौ

तर मलाई थाहा छ
तिमीलाई कसरी बाटो देखाउने
जसले तिम्रा भावनाहरुलाई स्थिर बनाउनेछ
र तिमीले आफुलाई आत्मसात मात्रै गर्ने छैनौ कि 
तिमीले पनि माया पाउदैछौ भनी बुझ्नेछौ

जब तिमीले मलाई बुझ्नेछौ 
तब तिम्ले धेरै माया पाउनेछौ
जब तिम्ले मेरा सिद्धान्तहरुलाई बुझ्नेछौ
तब तिम्रा घाऊहरु निको हुदै जानेछ्न

तिमीले जब मेरो पथ पछ्याउने छौ 
तिमीले निर्णय लिन सिक्नेछौ
जसले तिम्लाई दुख भन्दा सुख दिनेछ
जब तिमी शांत भएर म संग कुरा गनेछौ
तिमी मेरो सुरिलो आवाज़ सुन्नेछौ
तेस्ले तिमीलाई असल र सहयोगी बिचारहरु दिनेछ 

कृपया मलाई निषेध नगर 
किनकी मानिसले मेरो नाम
र अस्तित्व प्रयोग गरेर 
आफुलाई सफल बनाएका छन
मैले कहिले पनि सिकायिन
की मानिसलाई पछ्याऊ 
तर मलाई पछ्याऊ

म तिमीलाई माया गर्छु
र म पर्खिरहेको छु की 
तिमी आफुलाई प्रस्तुत गर्नेछौ
र महसूस गर्नेछौ की तिम्रो 
पीड़ित मुटुलाई कसरी उपचार गरियो 
यद्धपि तिम्रो जीवन कत्तिको दुखदायी छ

मेरो प्रिय मानव
सधै याद राख
मैले तिमीलाई सधै माया गरेको छु 

तिम्रो रचनाकार 

सार :::: प्रभुको हामी प्रतिको माया

No comments: