Saturday, June 30, 2012

डर - डर का असारहरु



डर

तिमी  
एक प्रकार को रक्षास रहेछौ  

तिमीले सधैं डर मा राखिरहन्छौ
तिम्रो असर धेरै डरलाग्दो हुन्छ
तिमीले सबै को कुभलो मात्र गर्छौ

तिमीले मेरो निन्द्रा हरण गर्यौ
मेरा बिचार हरु  खलबलयौ
यसैले मेरो सबै समय
तिमीमा मात्र केन्द्रित हुन थालेको

तिमीले कहिलै भलो गरेनौ
न कहिलै फलदाइ भयौ

जब तिमी कुभलो मात्र गर्छौ भने
किन मैले मेरो ध्यान तिमीमा केन्द्रित गर्नु पर्छ?

डर
तिमीलाई मेरो शत्रु  मान्न थालेको छु
तिमीले मेरा  बिचारमा  हमल गरेको कुर मैले महसुश गरेको छु
अब मैले तिमीसग लडन सिक्ने छु
सूक्ष्म तरीका बाट

 अब देखी तिम्रो पालना गर्ने छैन
तिमीले खडा गर्ने अनर्थकारी अवस्थामा
समय खेर फाल्ने छैन

डर
तिम्रा संक्रमणकारी बिचार हरु
अरुसग  साट्ने छैन

डर
तिम्रो  कुरा सुन्न बन्द गर्ने छु
तेस्को बादल मा
जती बिपत अईलागे पनि
सधैं राम्रो गर्ने कोशीस गर्ने छु

डर
अब मैले राम्रो सग  बुझी सकेको छु
तिमी बिनाश गर्न मात्र चाहन्छौ


बिषय    डर का असारहरु 


    

No comments: