Friday, September 21, 2012

झूठ -झूठ्का नतिजाहरु


झूठ


म झूठ हु
म आफैले तिमीलाई प्रदान गरेको हु
र मैले तिम्रो मनमा राम्रै स्थान
राखेको छु

मेरो आफ्नै फाइदहरु छन 
म मानवलाई सहयोग गर्छु
जे उ गर्न चाहन्छ त्यसमा
यसर्थमा कि उ जीवनको
ओझेलामा मस्तसँग रमाउछ
उसलाई अब सत्यसँग ठोक्किन पर्दैन
सत्य मान्न पर्दैन
किनकी म उसलाई एक
आकर्षक विकल्प दिइरहेको छु

मा एकदम लोभ्याउने खालको छु  
तर म एउटा डोरिपनी हो
जसले आफैलाई कसिलो
झन कसिलो गरी बाँध्छु   

त्एस्को मनमा
जो मसँग सँगत गर्न चाहन्छ
सँयोगवश मसँग एउटा लामो सन्जाल छ
मन्छेले थाहा पाउदैँनन कि
मैले उसलाई कसरी
मन्त्रमुग्ध बनाएको छु
पहिला उसलाई स्वतन्त्र भएझैँ लाग्छ
किनकी म खुला छोड्छु
जसले मलाई उसमा राज गर्ने
पूर्ण स्वतन्त्रता दिन्छ
र मलाई फैलिन मद्दत गर्छ
जबसम्म उसलाई थाहा हुन्छ
की उ बन्धक भैसकेको छ
र उसलाई बाँध्ने डोरी कसिलो भैसकेको छ
मैले उसलाई
धेरै हानी गरिसकेको हुन्छु
अब फर्किनु
उस्को लागी हिनताबोधक हुन्छ

म खुशी छु
कि उसले सुरुवातमा
कतिपनी सोच्दैन कि
मेरो लक्ष्य त्य्ही हो
सकेसम्म उसलाई जहिलेपनी
नियन्त्रण गरी क्षती पुर्याउने

No comments: