Thursday, July 26, 2012

ज्यादै बढी सिद्दान्त - सिद्दान्तले थोरै मात्र फाईदा गर्दछ ।




ज्यादै बढी सिद्दान्त


म कसरी जिउने भन्ने बारेमा
मलाई सैदन्तिक पथ दिन बन्द गर
तिमी कसरी जिएका छौ, त्यो मलाई देखाउ
ता कि म तेस्को अनुसरण गर्न सकु

मैले कसरी बोल्नु पर्छ भन्ने सिकाउन बन्द गर
तिमी कसरी बोल्ने गर्छौ त्यो देखाउ
ता कि म तेस्को अनुसरण गर्न सकु

मैले पैसा कसरी खर्च गर्छु
तेस्को अलोचना गर्न बन्द गर
तिमी आँफैले कसरी खर्च गर्छौ,
त्यो देखाउ ता कि म
त्यसको देखासिखी गर्न सकु

तिमीलाई राम्ररी थाहा छ
बोली ले भन्दा, व्यबहार ले मान्छे को मन जित्नु पर्छ
यदी तेसो भए
तिमीले भनेका सबै कुरा मेरा लागि असल छ भन्ने किन सोच्छौ ?

यि सबै सिदन्त बाट मलाई के फाईदा छ ?
तिमी सच्चिकै मलाई असल मार्ग मा हिंड्ने प्रेरणा दिन चाहन्छौ भने
मलाई सैदन्तिक पाठ दिन बन्द गर
तिमी पहिले आफु असल मार्ग मा हिंडेर देखाउ
म तिम्रो मार्गहरु पछ्याउने छु

बिषय सिद्दान्तले थोरै मात्र फाईदा गर्दछ ।

अनुवादक शान्ती बस्नेत

No comments: