Wednesday, September 12, 2012

यो कसैले गर्दा भएको हो- बिनाकरण दोषारोपण



यो कसैले गर्दा भएको हो


यो कसैले गर्दा भएको हो

मैले भोगेको सबै दुःख 
अरु कसैले गर्दा भएको हो 

अहिले सम्म मैले जती समस्या भोगे 
तेस्मा कुनै न कुनै को दोष छ 

यसमा मेरो थोरे गल्ती छ 
यदि यो सबै दुःख नपर्ने हो भने 
मैले अहिले धेरै राम्रो गरेको हुने थिए

मैले अहिले सम्म 
धेरैलाई दोष लागेको छू 
सायद यसमा वर्ल्ड रेकार्ड
 नै कायम भएको होला 

तर यसले मलाई के राम्रो गर्यों र ? 
अरु सबैले राम्रो गारी रहेका छन 
म जहाको तेहि छू 
तेहि धुलो र मैलामा हराएको  छू 

यो बुझ्न मलाई धेरै समय लाग्यो 
अरुलाई दोष दिदैमा 
समस्या को समाधान हुदैन
नत यसले मलाई नै खुसी पार्छ

अनन्त यो सबै 
म आफैले  गर्दा भएको हो 
मैले आफ्नो समय 
अनाबस्यक काम का लागी 
बर्बाद गरे

यो म हो 
जो अगाडी बडन चहदैन 
र आफुलाई माफ़ी दिन पनि चाहदैन
यो म हो 
जो आफ्नो गल्ती का लागि
अरुलाई दोष दिन्छ
र एउतै घेरा म नाचिरहंछ
यो म हो 
जो आफ्नो गल्तिलाई सही ठहराउछ 
र कहिले पनि गल्ती बाट सिक्न चाहादैन 
यो म हो 
जो सधै उग्र रहन्छ 
सधै दोसा रोपरण 
मात्र गरिरहन्छ

मेरा सबै गल्तीहरु मा
मेरो नै हात छ 
अब यो मैले राम्रो सग भुझेको छू 

बिसय : बिनाकरण दोषारोपण

No comments: