Tuesday, November 26, 2013

जब आत्मा रुन्छ - भावनात्मक पीडा


जब आत्मा रुन्छ
(१६०६१२१५५५-१९१२,२५१११३१९३९-२०१५)

जब आत्मा रुन्छ,
तब मष्तिस्क पिडाले भरिन्छ ।

जब आत्मा रुन्छ ,
यो स्वत:हो
तिमी केन्द्रीत हुन सक्दैनौ ।

जब आत्मा रुन्छ,
तब तिम्रो दैनिकी नै
गाह्रो हुन जान्छ ।

जब आत्मा रुन्छ,
तब बाहिरी दुनियाँसँगको
सम्पर्क झन गार्हो हुँदै जान्छ ।

जब आत्मा रुन्छ,
तिमी झन आफैमा
अनी अरुसित अधैर्य हुन्छऔ ।

जब आत्मा रुन्छ,
फेरी निको हुन तिमीलाई
धेरै माया र सान्तवना चाहिन्छ ।

सार :भावनात्मक पीडा ।

No comments: