Thursday, November 7, 2013

मात्र प्रतिक्षा गर - अधैर्यता

मात्र प्रतिक्षा गर
(३००४१२०५२७-०५४३,०७१११३१६३०-१७४२)

किन तिमी यस्तो अधैर्य छौ ?

किन तिमीलाई सबैकुरा
हिजै सकाउन पर्छ ?

राम्रो कामलाई समय लाग्छ ।

खराब बानिसँग काम चाडैँ सकिन्छ
तर त्यस्तो नगर्न
नयाँ कुरा बिचार गर्न
त्यसलाई व्यवहाँरमा उतार्न
मात्र केही समय लाग्छ ।

त्यसलाई धैर्य गर
हरेस नखाउ
कोशीस गर जबसम्म तिमीलाई चित्त बुझ्दैन
छेउ छाउको वातावरणले
आफैले आफैलाई निराश हुन नदेउ

प्रतेक समय आफ्नो अनि अरुको अलोचना नगर
त्यसले मात्र तिमीलाई हिनताबोध र रिस दिन्छ
जुन हामीसँग पहिले नै छ
यसमा थप गर्ने काम नगर

अरुसँग धैर्य गर
उनिहरु पनि सुधिर्दैछन्-
तर जब हामी एक
अर्काको टाउको काट्न थाल्छौँ
आफ्नै अधैर्यताले गर्दा
एकदिन सबै एक अर्काप्रति
हिनताबोध हुँदै हिड्नुपर्छ

मात्र तिमी प्रतिक्षा गर,
धैर्य र असल भ-ई
आफु अनि आफ्नो छिमेकी सँग
किनकी राम्रो कुरा विकाश
हुन समय अवश्यक हुन्छ ।

सार:अधैर्यता ।

No comments: