Tuesday, December 3, 2013

यदि तिमीले महशुस गर्न सक्छौ भने ? - यदि तिमीले येशूले तिमीलाई कती माया गर्नुहुन्छ भन्ने थाहा पाएको भए,धेरै कुरा भिन्न हुनेथियो


यदि तिमीले महशुस गर्न सक्छौ भने ?
(२७०३१२०६४९-०६५७,०३१२१३१९३०-२०३०)

यदि मैले तिमीलाई कती माया गर्छु
भन्ने कुरा महशुस गर्देको
भए,तिमीले यती धेरै मुर्ख काम
गर्दै र आफैलाई छोप्दै हिड्दैन थियौ होला ।

यदि मैले तिम्रो लागि राम्रो योजनहरु बनाएको
छु भन्ने तिमीले महशुस गरेको भए
तिमीले आफ्नो लागि राम्रा योजनाहरु बनाउदैन थियो होला ।

यदि तिमीले म तिम्रो लागि सधै छुँ
भन्ने थाहा पाएको भए तिमी आफुलाई
कहिले पनि निराश र एक्लो पाउदैन थियौ होला ।

यदि तिमीले म मात्र हो तिमीलाई सहयोग
गर्ने भन्ने थाहा पाएको भए
कसैबाट सहयोगको अपेछ्या गर्ने थिएनौ र
निराश पनि हुनेथिएनौ होला ।

यदि तिमीलाई खुशी र सन्तुष्टि
म बाट मात्रै आउछ भन्ने थाहा पाएको भए
तिमी यी चिज खोज्न जहाँ पायो त्यहि
भौतारिदैन-थियौ होला ।

यदि तिमीले मेरो मुटु टुक्राई
तिम्रो मुटु जिवित छ भन्ने महशुस गरेको भए
तिमीले मेरो बारेमा अझै बुझ्न खोज्नेथियौ होला
ताकी तिमीले खोजेको खुशी पाउनेथियौ होला ।


सार: यदि तिमीले येशूले तिमीलाई कती माया गर्नुहुन्छ भन्ने थाहा पाएको भए,धेरै कुरा भिन्न हुनेथियो ।



No comments: