Wednesday, December 24, 2014

जन्मोत्सव् - साँचो क्रिसमस उपहार


जन्मोत्सव्
(०६१०१४०७२५-०७४०,१६१११४१७३०-१८००)

हामी तपाईंको जन्मोत्सव हरेक वर्ष मनाउदैं आएका छौं ।
सताब्दियौं देखी तपाईंको आगमनलाई सम्झिरहेका छौं ।

तर अब म तपाईंलाई आफ्नो उपहार दिदैछुँ ।

एउटा मुटु तपाईंको जुन तपाईंको लागि धट्किन्छ ।
एउटा मस्तिष्क जुन तपाईंको विचारमा मग्न छ ।
मुखाराबिन्दुँ जुन तपाईको शब्दलाई बोल्छ र उचाल्छँ ।
यी हात जुन आवश्यकलाई दिन उच्च छ ।
यी पाउ जुन तपाईंले देखाएको मार्गमा चल्दछ
तर दिन दु:खिलाई इन्कार गर्दैन ।

संसारका अरु उपहार देखी मैले तपाईंलाई
खुशी बनाउन सक्दिन होला ।    

तपाईंको जन्मदिन मलाईं सम्झिन दिनुहोस्'
मैले तपाईंको लागी विगतमा के गरे भनेर
र मलाई योजना बनाउनदिनुहोस्'
आउँदा दिनमा तपाईंको लागि के गर्नसक्छु आटेर

नयाँ जागृती पछयाई आज तपाईंको जन्मदिन
मनाउन दिनुहोस्' र यो जन्मोत्सवलाई
सच्चिकै तपाईंको महिमा गर्नेदिन बन्नदिनुहोस्' ।

येशु तपाईं यसको योग्य हुनुहुन्छ ।

सार: साँचो क्रिसमस उपहार ।


क्रिसमसको उपलक्षमा सबैलाई धेरै-धेरै शुभकामना ।

No comments: