Sunday, October 19, 2014

तिमि प्रति मेरो माया - प्रभुको मायाद्वारा उपचार


तिमि प्रति मेरो माया
(०८०५१४०६१७-०६२९, १९१०१४१६३७-१७१३)

जति बढी
तपाईलाई चिन्दै जान्छु
त्यति बढी तपाईलाई माया गर्छु

तपाईको शब्दहरुमा उपचार
तपाईको कार्यहरु निर्दोष छन्
निस्वार्थी मायाले तपाईले
कमजोरलाई सत्कार गर्नुहुन्छ

धेरै समयसम्म मेरा सोचाईहरु
डर चिन्ताले भरिएका थिए
अब ति सबै तपाई सामु राख्दा
मलाई मेरो भार घटेको महसूस भयो

डरको बदलामा
मलाई माया दिनुहुन्छ
चिन्ताको बदलामा मलाई शान्ति

जुन शान्ति
भित्र बाट आउंछ
संसारमा कुनै पनि कुरासंग
तुलना हुन सक्दैन

डुब्न लागेको पानी जहाज रुपी
यस संसारमा तपाई मेरो सहारा हुनुहुन्छ

तपाइको आज्ञाद्वारा
संचालित मेरा सोचाईहरुले
मेरा व्यक्तिगत भावहरुलाई सहयोग गर्छन

तपाइले मलाई बल दिनुहुन्छ
असहायहरुको तथा समाजबाट
टाढाहरुको बीचमा जानलाई

तपाईले मलाई आशा दिनुहुन्छ
जब सुरुवात गर्न अनभिज्ञ हुन्छु

प्रभु,
कहिले पनि तपाईको माया बिना
केहि पनि होइन

सार: प्रभुको मायाद्वारा उपचार

No comments: