Friday, April 3, 2015

सधैकालागी क्षमा - इस्टरको कारण


सधैकालागी क्षमा
(२६०३१५१९३४,०२०३१५२२००-२४००)

इस्टर भनेको इस्टर फुलहरु र
इस्टर खरायोमात्र होईन ।

इस्टर परमेश्वरले मनाव-हरुलाई
दिनु भएको अंमुल्य सौगात हो ।

इस्टर भनेको क्षमा हो ।

जब येशु क्रुशमा टाँगिनु भयो
उहाँ मेरो ठाउँमा मारिनुभयो ।

सायद म त्यो मृत्युको योग्य थिएहोला
र मेरा सृष्टिकर्ता मलाई जसले प्रेम
गर्नुहुन्छ उहाँसँग अनन्तसम्मको लागि
टाडिन्थे होला ।

मेरो अपराधको कारण उहाँलाई क्रुशमा
टागिँयो ।
मेरो अपराधकै कारण एउटा निर्दोष व्यक्तिलाई
मृत्यु दण्ड दिइयो ।

उहाँ म र मेरो पापकोलागि बलिको बाख्रा बन्नुभयो ।

परमेश्वरले मलाई यती धेरै प्रेम गर्नु भयो कि उहाँले
 आफैले नै मिलापको बाटो निर्माण गर्नुभयो ।

तर परमेश्वर चिहानमा मृत अवस्थामा रहनुभएन ।
उहाँ बौरी उठ्नुभयो,मृत्युको शक्तिमाथि सधैका लागि
विजयी भएर ।

परमेश्वरले अझै पनि मिलाप प्रदान गर्नुहुन्छ ।
उहाँ हामी जिवित चाहनुहुन्छ ,
अब हामीले हाम्रो जीवनको आनन्द लिएकोचाहनुहुन्छ,
र उहाँसँग अनन्त मिलाप चाहनुहुन्छ ।

यस संसारमा हामी चोरी,हत्या र शत्रुको
नाश गर्न वाध्य भएका छौँ ।
तर येशुले आफ्नो मृत्यु र पुनरुत्थानलाई
जित्नुभयो ।

हामी सँग पहिलेदेखी नै नयाँ दृस्टिकोण छ
र अनन्तसम्मको नयाँ घर छ ।

सधैकालागि येशुले क्षमा दिनुभएको छ ।
त्यो मनुष्यलाई दिइएको सबैभन्दा राम्रो र
ठुलो सौगात हो ।


सार :इस्टरको कारण ।


परमेश्वरले हाम्रा सबै अपराध क्षमा गरिदिएर उहाँसँगै जीवित पार्नुभयो,र हाम्रा विरुद्धमा रहेको तम-सुक र त्यसका सबै कानुनी दाबीहरुलाई क्रुसमा कीला ठोकी रद्द गरिदिनुभयो ।उहाँले प्रधानताहरु र शक्तिहरुलाई नि:शस्त्र पारी ती सबैमाथी क्रुसमा विजय प्राप्त गर्नुभयो,र तीनलाई
खुल्ल-म-खुल्ला तमाशा बनाइदिनुभयो ।

कलस्सी २,१३ख-१५

No comments: