Sunday, April 20, 2014

भुक्तानि - जसले अपराधको निम्ती भुक्तानी गर्नुभयो


भुक्तानि
(१६०४१४०९०२-०९३३,१९०४१४२३००-२४००)


मेरो गल्ती हरु थपिदैं गयो ।
मेरो अत्याचार बढ्दै ठुलो भैरहयो
मेरो मुटु अब पबित्र थिएन
र मेरो विवेक दु:खित थियो ।

तपाईंको सहयोग बिना
म फेरी स्वतन्त्र हुँदैन थिए ।

कसैले पनि भार लिदैन थियो होला
जती म आफ्नो काँधमा बोकिराखेको छु
यो संसारमा कुनै पैसाले किन्नसक्दैन थियो ।
मैले बनाएको कुनै नियमले ठीक गर्न सकेन ।

मलाई थाहा थियो
कि मेरा सबै अत्याचार  र गल्ती हरु
तपाईंले मात्र बोक्न सक्नुहुन्छ
प्रभु ।

जे जती मैले गरे त्यसको लागि
म मृत्युको योग्य थिए
र तपाईंको नजरमा अति दुष्ट थिए ।

तर जस्तो भएपनी तपाईंले मलाई प्रेम गर्नु भयो
तपाईंसंग भएको सबै भन्दा असल र पवित्र
कुरा मलाई दिनुभयो
र मेरो लागि बली चडाउनुभयो ।

मात्र तपाईंको पवित्र पुत्रलाई
बली दिएर मैले तपाईं र अरु प्रती
गरेको पापको क्षमा पाउनेथिए ।

उंहाको मध्यमले मेरा सबै पाप
तपाईंले लिनुभयो
उंहालाई मर्न दिनुभयो मेरा लागि ।

तर फेरी उहालाई बौरिउठाउँनु भयो
जसकारण म र उंहा बाचिरहेका छौं ।
म मुक्त भए
जसकारण म तपाईंसंग सांचो संबन्धमा छु ।

यो एउटा मात्र बाटो हो
मैले फेरी पबित्र मुटु पाउने छु ।
मात्र यही बाटोबाट मैले मेरो विवेक शुध्द गर्न सक्छु ।

मेरो दुरचारको निम्ती आफुले तिर्नु भयो
मेरो अपराधहरु सबै आफैले  लिनु भयो ।

केबल तपाईंको पुत्र मात्र
मेरो पापको भारी बोक्न सक्षम हुनुहुन्थ्यो ।
अरु सबै योग्य थिएनन्ं ।

धन्यवाद मेरो पापको लागी तिर्नुभएकोमा
धन्यवाद इस्टरको निम्ती ।

सार :जसले अपराधको निम्ती भुक्तानी गर्नुभयो ।


No comments: