Saturday, February 22, 2014

भावनात्मक मांशपेशीहरु - अनुत्पादक आरोप



भावनात्मक मांशपेशीहरु


(३००४१२०४३७-०४५१,२२०२१४१२१५-१२४०)



तिमी कसरी पत्याउन्छौ कि
कोही भावनात्मक रुपमा
बलियो हुन सक्छ ?

अवश्य हुँदैन
जब सबै कुरा बिना बाधा
अड्चन नै सफल हुन्छन्!

अहँ,बाधा अड्चन भोग्नाले
मात्रै तिम्रो भावनात्मक माशंपेशी बढ्छ्न

जब साच्चिकै तिमीलाई केहि नराम्रो हुनेछ,
तिमी मानसीक रुपमा
पिडित हुनेछौ वर्षौसम्म आफैंमा
दाया जागेर आउनेछ

त्यसरी तिमी कहिले पनि बलियो हुँदैनौ
झन आफ्नो जीवनलाई अप्ठेरोमा धकेल्छौ
आफै आफ्नो वरपरलाई साथमा लिएर,

तर जब तिमी आफैलाई फर्केर हेर्छौ,
आफु अनि अरुलाई राम्रो गर्छौ
आफ्नो भावनात्मक अवस्थालाई पछाडी छोडेर
तिमीले यस्तो खुशी पाउछौँ जुन
तिमीले कहिल्यै अनुभव गरेको थिएनौ
आफुलाई नकरात्मक भावनले नगाँज
अरुलाई तिम्रो जीवन टुक्राउन नदेउ
तितोपन,रिस्,घृणा दुखलाई बढ्न नदेउ
बरु राम्रो लक्ष्य राख त्यसलाई पाउने कोशीस गर

के साँच्चै तिमी भावनात्मक माशंपेशी चाहन्छौ ?
त्यसो भए तिमी एक योध्दा हुनुपर्छ,
कसैले भनेका छन्,
अफैमा बहुमुल्य छु,
आफैले आफैलाई कहिले पनि हार्न दिन्न
कुनै पनि परीस्थितिले मलाई निराश
बनाउन सक्दैन

सार:भावनात्मक रुपमा कसरी बलियो हुने

No comments: