Thursday, October 31, 2013

झुठ - झुठको नतिजा


झुठ
(०७०७१२०६२९-०६४२,३११०१३१५०५-१६३०)
झुठ हुं
आफैले प्रदान गरेको हुं
मानवहरुको मनमा राम्रै स्थान पाएको छुं

मेरो आफ्नै फाइदाहरु छन्-
मानवलाई सह्योग गर्छु
त्यही गर्छु जे उनिहरु चाहन्छन्-
यसर्थमा कि जीवनको
ओझेल मा मस्तसँग रमाउंछन्:

उसलाई अब सत्यसंग ठोक्किन पर्दैन
सत्य मान्न पर्दैन
किनकी उसलाई एक्
आकसर्क बिकल्प दिइरहेको छु

एकदम मोहक छु
तर एउटा डोरी पनि हुं
जसले आफैलाई कसिलो
झन कसिलो गरी बाध्छु
त्यस्को मनमा जो मसँग
सँगता गर्न चाहन्छ

संयोगवश एउटा लामो सन्जाल
मान्छेले थाहा पांउदैन कि
मैले उसलाई कसरी
मन्त्र मुक्ध बनाएको छु
पहिला उसलाई स्वतन्त्र भएझै लाग्छ
किनकी
खुला छोड्छु
जसले मलाई उसमा राज गर्ने
पूर्ण स्वतन्त्रता दिन्छ
फैलिना मद्द्त गर्छ

जब सम्म उसलाई थाहा हुन्छ
की बन्धक भैसकेको
उसलाई बांध्ने डोरी कसिलो भएको
मैले उसलाई धेरै हानी गरिसकेको हुन्छु
अब फर्किनु उसको लागि हिनताबोधक हुन्छ

खुशी छु कि उसले सुरुवातमा
कत्तिपनी सोच्दैन कि मेरो
लछ्य उसलाई नियन्त्रन गरी छ्यती पुर्याउने हो

सार:झुठको नतिजा

No comments: