Sunday, May 26, 2013

आनन्दको अनुभूति - प्रभुले हामीलाई मानव भएर असल जीवन जीउन महसुस गराउछन

आनन्दको अनुभूति
(०६१०११११४२५-१४४,२१०५१३१४१७-१४३८)

आनन्दको अनुभूति बल्ल भयो
जब मैले तिमीलाई राम्रोसंग चिने

आनन्दको अनुभूति बल्ल भयो
जब मैले तिमीलाई माया गर्न थाले

आनन्दको अनुभूति बल्ल भयो
जब मैले तिम्रा शब्दहरुलाई गम्भीरताका साथ लिन थाले

आनन्दको अनुभूति बल्ल भयो
जब मैले सबै नराम्रा कुराहरुलाई त्यागे
क्षमाको लागि तिमि संग प्रार्थना गरे

अहिले वातावरण राम्रो
फेरि आफैलाई माया गर्न सक्छु
किनभने तिमिले मलाई पहिले माया गरेउ

तिम्रो निर्देशन अनुशार चल्न सक्छु
स्वतन्त्रताको अनुभूत गर्न सक्छु

आनन्दको अनुभूति बल्ल भएर
सिधा हिड्दै, आफ़्नो बारेमा फेरि राम्रो सोच्दै
आफ़्ना गल्तिहरु क्षमायाचित भएको थाहा पाएर
मानवलाई मुल्यवान जीवन जीउन सिकाउछ

धन्यवाद प्रभु
जुन मेरा लागि तिमीले गरेउ

सार: प्रभुले हामीलाई मानव भएर असल जीवन जीउन महसुस गराउछन




No comments: