Friday, February 1, 2013

मेरो इच्छा - जहाँ मेरो इच्छाले डोर्याउँछ


मेरो इच्छा

मेरो इच्छा एकदम शक्तिशाली छ

मलाई थाहा छ
सही र गलतको बारेमा
तापनि मेरो इच्छा हुन्न
केही गर्नको लागि

मलाई सत्य के हो
थाहा छ तापनि
मेरो इच्छाशक्ती
त्यस्लाई पछयाउन चाहन्न

मलाई थाहा छ
कस्लाई सहयोगको खाँचो छ भन्ने
तापनि मेरो इच्छाले
उस्लाई भेट्दैन

मलाई थाहा छ
के काम गर्नुपर्छ भन्ने 
तापनि मेरो इच्छाले
त्यो गर्दैन

मेरो इच्छामा त्यस्तो
के छ जुन सधैं मेरो
बाटोमा बाधक बनेर आउँछ

किन मेरो इच्छा सधैं
नकरात्मक कुराले प्रभाबित
हुन्छ ताकी सबै कुरा
सजिलै अनि ठीक तरिकाले
गर्न सकिन्छ ?

यो अनाग्याकारी इच्छा 
शक्तिले मलाई कहाँ पुराउँछ ?

के अब साँच्चै सोच्ने
बेला भएन र कसरी
मैले आफ्नो इच्छाशक्ति
लाई राम्रो काम गर्न प्रेरित
गर्ने भनेर ?


सार: जहाँ मेरो इच्छाले डोर्याउँछ

No comments: